लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीमाथि शानदार जित निकालेको छ । युनाइटेडले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–० ले पराजित गर्दै जित निकालेको हो ।

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलको २५औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मार्कस रासफर्डको गोलबाट युनाइटेडले पहिलो हाफमा १–० को अग्रता लियो । ५६ औं मिनेटमा रासफर्डले फ्रेडको पासमा दोस्रो गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए ।

६१ औं मिनेटमा परिवर्तित खेलाडी जेडान सान्चोले गोल गर्दै युनाइटेडको ३–० को जित सुनिश्चित गरे । ४६औं मिनेटमा एलेहान्द्रो गर्नाचोको स्थानमा मैदान छिरेका सान्चोले ब्रुनो फर्नान्डेसको पासलाई सदुपयोग गर्न सफल भए ।

यस जितसँगै युनाइटेड २४ खेलबाट ४९ अंक जोडेर तेस्रो स्थानमा छ भने लेस्टर २३ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?