महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्डसँग लोसपाकाे प्रस्ताव

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भावी राष्ट्रपतिमा महन्थ ठाकुरको प्रस्ताव राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेताहरु बालुवाटरबाट निस्कनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिय राष्ट्रपतिको प्रसङ्ग उठाईरहेको बेला ठाकुरलाई भावी राष्ट्रपतिको प्रस्ताव लिएर लोसपा नेपालका नेताहरुले दौडधुप बढाउदैँ बालुवाटार पुग्नुभएको हो ।

आगमी १३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नु पर्ने दिन नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरुको दौडधुप चलिरहेको बेला सम्भाबित राष्ट्रपतिमा ठाकुरलाई लिएर बालुवाटर पुग्नु भएको थियो ।

‘महन्थजीलाई राष्ट्रपति बनाउन प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका छौं,’ नेता शरदसिंह भण्डारीले भन्नुभयो, ‘अहिलेका लागि उपयुक्त पात्र उहाँ नै हो भन्ने हाम्रो निष्कर्ष पनि सुनाएकौ छौं ।’ उहाँका अनुसार सहमतीय राष्ट्रपतिका लागि राजनीतिक दलहरु बीच छलफल चलिरहेको र निष्कर्ष निस्कन नसकेको प्रधानमन्त्रीले जवाफ दिनुभएको छ ।

प्रधानमन्त्री निवासमा ठाकुरलाई लिएर राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झालगायतको नेता बालुवाटार पुग्नुभएको थियो ।
लोसपाले ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउन माओवादी केन्द्र पछि नेपाली कांग्रेससँग पनि छलफल र बार्ता गर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?