काठमाडौं । देशभरका सुनचाँदी पेशा व्यवसायसँग सम्बन्धित तीनवटा महासंघले तत्काल सुनचाँदी कारोबारसम्बन्धी एकीकृत निर्देशिका जारी गर्न माग गरेका छन् । बुधबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ प्रतिनिधिमण्डलले यस्तो माग गरेको होे । महासंघ प्रतिनिधिमण्डलले व्यवसायीका माग राज्यले सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा आउनुपर्र्ने बाध्यता आउन सक्ने चेतावनीसमेत दिएको छ ।
व्यवसायीले निर्वाधरूपमा राज्यको कर दायित्व भुक्तानी गरी स्वदेशी रोजगार सिर्जना गर्दै पेशा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न स्पष्ट मापदण्ड, ऐन, कानुन बनाई तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।
महासंघ प्रतिनिधिमण्डलले व्यवसायीका माग राज्यले सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा आउनुपर्र्ने बाध्यता आउन सक्ने चेतावनीसमेत दिएको छ ।
विगत लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायबाट कुनै सुनुवाइ नभएको भन्दै व्यवसायीले अर्थमन्त्रीसँग असन्तुष्टिसमेत प्रकट गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबारसम्बन्धी स्पष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताउनुभयो । निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थ अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका व्यावसायिक झन्झट र अवरोध उत्पन्न हुने उहाँको भनाइ छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठ र हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि व्यवसायीका समस्याबारे ध्यानाकर्षण गराउनुभयो । अर्थमन्त्री पौडलले व्यवसायीका समस्यालाई आफूले गम्भीररूपमा लिएको भन्दै समस्याको समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ । व्यवसायीले राखेका समस्या अध्ययन गरीे समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन अर्थमन्त्री पौडेलले दिएको महासंघले जनाएको छ ।
कोटा प्रणाली खारेजीको माग
सुनचाँदी व्यवसायीले सुन आयातमा कोटा प्रणाली खारेजीको माग गर्दै आएका छन् । पछिल्लो समय दैनिक १० केजीमात्र सुन आयात गरिदिँदा ग्राहकको आवश्यकता पूरा गर्न नसकिएको भन्दै कोटा प्रणाली खारेजीको माग गरेका हुन् । १३ वर्षअघिको कोटा प्रणाली खारेजी गरी सुनचाँदीको बजार पारदर्शी बनाउनुपर्ने उनीहरूको माग छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सिजनमा दैनिक ४० केजी र अफ सिजनमा झण्डै १० देखि १५ केजी सुनको माग हुने गरे पनि हाल दैनिक १० केजीमात्रै आपूर्ति हुँदा व्यवसाय नै बन्द हुने अवस्था सिर्जना भएको छ ।
बैंकमार्फत् आउने सुनबाहेक विदेशबाट आउने नेपालीले बिना भन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप सय ग्राम सुनका गरगहना ल्याउन पाउने व्यवस्था भए पनि सोअनुसार हुन नसकेको व्यवसायीको गुनासो छ । विदेशबाट आउने नेपालीले सुन ल्याउँदा प्रहरी प्रशासनले जफत गर्ने, त्यस्तो सुन कारोबार गर्ने व्यवसायीलाई पक्रिने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिने जस्ता कार्य हुन थालेको महासंघले जनाएको छ ।
महासंघले राज्यले तोकेको मापदण्डअनुरूप ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्न थालेको भन्दै अनुसन्धानका नाममा अनावश्यक दुःख दिने र व्यवसायीलाई आतंकित बनाउने कार्य बन्द गर्न पनि माग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच