प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै मिल्दैन : अध्यक्ष ओली

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताउनु भएको छ ।

१० पुसमा नै प्रचण्डले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सम्झौता गरिसकेको भन्दै उहाँलेले कांग्रेसलाई समर्थन गर्न नमिल्ने बताउनु भयो । पाँचदलीय गठबन्धन बिउँताउन गृहकार्य सुरू भएको चर्चाका बीच जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रमपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

पुरानो पाँच दलीय गठबन्धन ब्यूँताउनका लागि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुको दौडधुप गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?