काँग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपतिमा सहमति गर्दा फरक पर्दैन : मन्त्री किराँती

फाइल तस्बिर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक भएकाले सहमति कायम गरेर नयाँ राष्ट्रपति चयन गर्नु पर्ने बताउनु भएको छ ।

नयाँ राष्ट्रपतिका लागि दलहरुका बीचमा सरगर्मी बढी रहँदा मन्त्री किराँतीले राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा नै चयन हुनु पर्ने बताउँदै राष्ट्रिय सहमतिको विकल्प नभएको पनि दावी गर्नु भयो ।

उद्योग बाणिज्य संघ भोजपुरले गरेको जिल्लाको संस्कृति, पर्यटन प्रवर्धन र विकास बिषयम अन्तरिक्रयामा सहभागी हुँदै मन्त्री किराँतीले दलहरुका बीचमा पदको बाँडफाँड भएको र राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेसलाई राष्ट्रपति र एकीकृत समाजवादीलाई उपराष्ट्रपति दिँदा पनि फरक नपर्ने बताउनु भयो ।

राष्ट्रिय सहमति कायम गर्न सकिएमा मुलुक पनि सहजरुपमा अगाडी बढ्ने मन्त्री किराँतीको धारणा रहेको छ । सोहीक्रममा उद्योगी ब्यवसायीहरुले राखेका मागका बिषयमा बोल्दै मन्त्री किराँतीले आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको पनि बताउनुभयो । नेपालीपनको पर्यटन नेपालमा हुनुपर्छ,’ मन्त्री किराँतीले भन्नुभयो, “अरु देशको फोटोकपी गर्नु हुँदैन, प्राकृतिक सम्पदा र मानव सम्पदाको समायोजनबाट नेपाली विशेषताको पर्यटन हुन्छ ।”

सोक्रममा उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्ताले बिकासको खाका समेटिएको अवधारणा पत्र समेत मन्त्री किराँतीलाई हस्तान्तरण गर्नु भयो । मन्त्री भएपछि आफनो गृह जिल्ला भोजपुर आउनु भएका किराँती बिभिन्न कार्यक्रममा सहभागि हुनु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?