१९ वटा एजेण्डा राख्दै एन्फा बैठक आहृवान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक फागुन १७ गते बस्ने भएको छ । एन्फाका महासचिव किरण राईले कार्यसमिति सदस्यहरूलाई पत्राचार गर्दै आगामी बुधबार कार्यसमिति बैठक बोलाउनुभएको हो ।

बुधबार बिहान आठ बजे बोलाइएको बैठकमा विविधसहित १९ वटा एजेण्डा तय गरिएको छ । यद्यपि, कसैले एजेण्डा थप्न चाहे यसमा घटबढ हुने सम्भावना छ । महासचिव राईले पत्राचार गर्नुभएका एजेण्डामा अन्तर्राष्ट्रिय थ्री नेसन्स कप आयोजना, महिला ओलम्पिक छनोट प्रतियोगिता, ए डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सञ्चालन गर्न आगामी चार वर्षका योजनालगायत विषय समावेश छन् ।

यस्तै, शहीद स्मारक बी र सी डिभिजन लिग, जिल्ला लिग, यस वर्षको महिला लिग, विद्यालयस्तरीय महिला र पुरुष उमेर समूहका प्रतियोगिता र कर्मचारी नियुक्ति पनि समावेश छन् । बैठकमा महिला र फुटसल फ्रेन्चाइज प्रतियोगिता, महिला एकेडेमी, प्रदेश संघको अधिवेशन, फुटसल लिग, नेपाल सुपर लिगका लागि समय उपलब्ध गारउने, राष्ट्रिय टिम र संघलाई आवश्यक खेलकुद सामग्री, प्रायोजन र खरिद, विभिन्न देशमा संघको समन्वय समिति गठन, स्थायी समिति तथा अन्य आवश्यक समिति, आपत्कालीन समिति, सिइओ, सहायक महासचिवलगायत कर्मचारी, पदाधिकारी नियुक्ति र विविध विषय एजेण्डामा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?