बिल्डकन एक्स्पो सुरु

Read Time = 2 mins

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि निर्माण उपकरणसम्बन्धी मेला बिल्डकन एक्स्पो सुरु भएको छ । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ एण्ड इनभेष्टमेण्ट एक्स्पो, नेपाल हेवी इक्विपमेन्ट एण्ड कन्स्ट्रक्सन एक्स्पो मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्तरूपमा आयोजना गरेका हुन् । फागुन १४ गतेसम्म सञ्चालन हुने मेलामा विभिन्न देशका तीन सयभन्दा बढी ब्राण्डका दुई सयभन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ ।

मेलामा निर्माण सामग्री, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, प्रिफ्याब, युपिभिसी झ्यालढोका उत्पादन गर्ने मेसिनरी, युपिभिसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइप, टाइल र सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक, मटेरियल हृयाण्डलिङ उपकरण, एल्युमिनियम कम्पोजिट प्यानललगायत रहेको बताइएको छ ।

मेलाका लागि नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघले सहकार्य गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?