बाढी वर्षाले क्षति पुर्‍याएका संरचनाको अनुगमन गर्न सांसद शाही जुम्लामा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाका प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही ऊर्जा र सिँचाइको टोलीसहित गृहजिल्ला पुग्नुभएको छ । गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिहोले यहाँका सिँचाइका नहर, बाँध क्षतविक्षत भएका छन् । यिनै क्षतविक्षत भएका सिँचाइका संरचना पुनर्निर्माण अध्ययन टोलीसहित सांसद शाही जुम्ला पुग्नु भएको हो । बाढीपहिलोले भत्काएकाले हाम्रा सिँचाइ नहर, बाँध क्षतविक्षत भएकाछन् । जेठमा जुम्लाको धान रोपाइँ हुन्छ ।

त्यसको तयारी चैतमा धानको बिउ राख्ने काम सुरु हुन्छ । तर, अहिलेसम्म सिँचाइ नहर मर्मत भएका छैनन् । यस्तै, जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगे पनि धेरै गाउँबस्ती अँध्यारोमै बस्न बाध्य छन् । यहाँका सबै गाउँबस्तीमा विद्युत् प्रसारण लाइन पुगेको छैन । गाउँमा भएका साना जलविद्युत् आयोजना बाढीपहिरोले क्षति भएका छन् ।

सांसद शाहीले भने १३३ केभिए विद्युत् प्रसारण लाइन जुम्ला पुग्न अझै धेरै समय लाग्ने भएकाले अहिले तत्काल अध्यारा गाउँबस्तीमा उज्यालो गर्नका लागि वैकल्पिक ऊर्जाको टोली ल्याएका हुन् । अहिले सोलार बालेर पनि उज्यालोको व्यवस्थापन गर्नुपर्दछ भन्ने उद्देश्यका साथ ऊर्जाको टोली अध्ययनका लागि जुम्ला पुगेको हो । अर्काे विकास बजेटमा निकै अनियमितता, हिनामिना हुने बुझिएको सांसद शाहीले बताउनुभयो । अनुदानका कार्यक्रममा पनि विकृति छ । यसतर्फ सचेत हुन आवश्यक देखिन्छ । गएको असोजको बाढीपहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भयो। अवरुद्ध राजमार्ग तत्काल खोल्न सबैले पहल गर्ने काम भयो । त्यतिवेला सडक कार्यालय, सुरक्षाकर्मी नेपाली सेना खटाएर छोटो समयमा सडक खोल्ने काम भयो ।

तर, त्यतिवेला सडक सुचारु गर्ने क्रममा खर्च भएको बजेट अहिलेसम्म निकासा नभएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयोा । त्यतिवेला केवल सडक खुलाउने काम मात्रै भएको छ । अहिलेसम्म सडकका दायाँबायाँ छेउमा रहेको पहिरो पन्छाएको छैन । कर्णाली राजमार्ग जोखिम अवस्थामा छ । यस्तै, सिँचाइका नहरको अवस्था पनि उस्तै छ । कृषकले धान रोप्ने समय आउन थालिसक्यो ।

जुम्लाका ग्रामीण भेगमा टेलिफोनको निकै समस्या रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीको भनाइ छ । जुम्लाको विकास निर्माणका विषयमा सर्वदलीय सर्वपक्षीय बैठकमा भाषण धेरै गर्नुभन्दा पनि काम गर्नुपर्ने नेपाली कांग्रेसका जिल्ला पार्टी सचिव अर्जुनसिंह कठायतले बताउनुभयो ।

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?