अपि पावरको लाभांश र हकप्रद पारित

Read Time = 1 min

काठमाडौं । अपि पावर कम्पनीको आइतबार सम्पन्न १९औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको निर्णयअनुसार हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै ७.५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्काशन प्रस्तावसमेत पारित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?