राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना छैन : अध्यक्ष नेपाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताउनुभएको छ ।

बिहीवार राष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताबाट निर्वाचित भएका नेताहरु आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिनेमा आफू विश्वस्त रहेको बताउनु भयो । उहाँले नेताहरुले मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । अध्यक्ष नेपालले पार्टीमा नजोडिएका सांसदहरुले पनि आफ्नै मान्यताको आधारमा निर्णय गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनताबाट निर्वाचित भएका नेताहरु आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिन्छन् । मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेछन् । यसअर्थमा विभिन्न पार्टीसँग जोडिएकाहरु, पार्टी पार्टीको निर्देशनका आधारमा नजोडिएका स्वतन्त्र व्यक्तिहरु आफ्नै मान्यताको आधारमा निर्णय गर्दछन् । त्यो भन्दा भिन्न ढंगले अरु कुरामा प्रभावित भएर चल्छन् जस्तो लाग्दैन ।’

राष्ट्रपतिको निर्वाचन अहिले जारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?