सिनियर गल्र्समा इनोभेटिभ विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इनोभेटिभ इङ्लिस स्कुल ११औँ प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार विजयी भएको छ । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा इनोभेटिभले भद्र घलेलाई १८-१० ले पराजित गर्‍यो ।

अन्य खेलमा काठमाडौं जेभियर्सले हेम्सलाई १९-८, स्प्याङ्गलले केइएसलाई ७-६, सनसाइनले इलाइट ग्राण्डलाई ८-३, स्वप्न वाटिकाले अल्वर्टलाई १०-३ र सिर्जनशीलले एसियन पब्लिकलाई १३-१० ले हराए ।

जुनियर ब्वाइजमा स्प्याङ्गलले लिटिल फ्लावरलाई ११-४, सनसाइनले केइएसलाई १३-२, एआइएले एसियन पब्लिकलाई १७-४ र काठमाडौं जेभियर्सले सूर्योदयलाई ३४-१२ ले पाखा लगाए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?