बुधबारदेखि नेपाल ट्रेड समिट

Read Time = 4 mins

काठमाडौं । यही फागुन १७ र १८ गते काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको छ । नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले समिट आयोजना गरेकोे हो । यसअघि सन् २०१८ मा नेपाल ट्रेड समिट गरेको स्टिलमिन्ट ग्रुपले नेपाल, भारत, बंगलादेश, युएई र थाइल्याण्डमा गरी झण्डै डेढ दर्जन सेमिनार र सम्मेलन गरिसकेको छ । सम्मेलन उद्घाटन सत्रमा नेपाल सरकारको नीति र अर्थतन्त्रमा त्यसको प्रभावबारे छलफल हुने बताइएको छ । सोही अवसरमा विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलता, नेपाली स्टिल र सिमेन्ट उद्योगको परिदृश्य, नेपाली स्टिल र सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ स्रोतको विकल्प, स्टिल उत्पादनका लागि आवश्यक प्रमुख कच्चा पदार्थको मूल्य परिदृश्यबारे पनि छलफल हुनेछ ।

सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, एटलस कमोडिटिज युकेका सेल्स एण्ड बिजनेस डेभपलमेन्ट डाइरेक्टर अभिजित महन्त, जगदम्बा स्टिलका डाइरेक्टर तथा बिजनेस हेड (स्टिल) अनुराग शर्मा, इलेक्ट्रोथर्म (इण्डिया) लिमिटेडका उपाध्यक्ष डा. स्वरेन बेदारकर, मेगाथर्म ग्रुप भारतका डाइरेक्टर सताद्री चन्दा, अशोक स्टिल इन्डस्ट्रिजका डाइरेक्टर अभिषेक तुल्सियान, जगदम्बा इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक विशाल पटवारी, अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल, जीवानी फ्युल्स प्रालिका डाइरेक्टर ध्रुव जिवानी, पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठ, विजयश्री स्टिल प्रालिका डाइरेक्टर रोहित केडियाको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यस्तै, हुलास स्टिल इन्डस्ट्रिजका डाइरेक्टर हिमांशु गोल्छा, न्यु इण्डिया इलेक्ट्रिकल्सका सिइओ हेमांशु देसाई, साइरस भाइब्रेसन मेसिन्स इण्डिया प्रालिका प्रबन्ध निर्देशक बारबरा लुक-पिथाभाल्ला, योगीजी डिजी इण्डियाका सिओओ बरुन जय राना, म्याकस्टिल इन्टरनेसनल फार इष्ट लिमिटेडका चिफ रिप्रेजेन्टेटिभ रमेश दत्त, सेल इण्डियाका जनरल म्यानेजर शुभेन्दु खन्दाई, इन्डक्टोथर्म (इण्डिया) प्रालिका एसिस्टेन्ट जनरल म्यानेजर सुनिल पण्डित, टाटा इन्टरनेसनल लिमिटेड इण्डियाका आइरन ओर ट्रेडिङ हेड अभिजित सुर रोय चौधरी र गिरिधान मेटल्सका प्लान्ट हेड एमके सेशाद्रीलगायत समिटमा दुई सय ५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?