मेसी दोस्रोपटक फिफा वर्ष खेलाडी घोषित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउने कप्तान लियोनल मेसीले फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अवार्ड जितेका छन् ।

सोमबार राति एक कार्यक्रमबीच उत्कृष्ट तीनमा परेका फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमालाई पछि पार्दै ३५ बर्षीय अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड मेसीले दोस्रो पटक उक्त अवार्ड हात पारेका हुन्।

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले दिएको मतका आधारमा यसअघि अन्तिम तीनको मनोनयन सार्वजनिक भएको थियो ।

अवार्ड विजेता मेसीले कतार विश्वकपमा अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जिताउँदै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका थिए।

अवार्ड जितेपछि मेसीले भने, ‘यो अचम्मको कुरा हो। यो एक अद्भुत वर्ष रह्यो र मेरा लागि यहाँ आउनु र यो अवार्ड जित्नु सम्मानको कुरा हो। मेरा साथीहरू बिना म यहाँ हुने थिइनँ। लामो समयदेखि आशा गरेको सपना पूरा गरेँ। धेरै कम मानिसहरूले त्यो पूरा गर्न सक्छन् र त्यसो गर्नका लागि म भाग्यशाली रहेँ।’

यस्तै सन् २०२१/२२ मा क्लब र देशका लागि ४९ खेलबाट २७ गोल गरेका थिए । फिफाका सदस्य राष्ट्र, प्रशिक्षक र पत्रकारको मतका आधारमा विजेता छनोट गरिएको फिफाले जनाएको छ।

यसैगरी इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् । एस्टन भिल्ला र अर्जेन्टिनाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए । महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्सले यो अवार्ड जितेकी छन् । फेयर प्ले अवार्ड लुका लोचोसभिलीले हात पारे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?