विनातयारी व्यर्थको विरोध

Read Time = 13 mins

✍️ श्रीमननारायण

विगत केही दशक यतादेखि कृषिजन्य उत्पादनमा विषादीको प्रयोग हुँदै आएको छ । सुरुमा कृषिका विज्ञहरू नै सीमित मात्रामा यसको प्रयोग गर्न सुझाब दिने गर्दथे । बढी उत्पादन गरी अत्याधिक नाफा कमाउने उद्देश्यले किसानहरूले आफ्नो बालीमा विषादीको प्रयोग अत्याधिक मात्रामा गर्ने गरेका छन् । नेपालमात्रै होइन विश्वभरिका किसानले यस्तै गर्दै आएका छन् । हाम्रो देशको शहरी बजार क्षेत्रमा मात्रै होइन अपितुः गाउँघरका बजार र चोकहरूमा पनि कीटनाशक औषधिको पसलहरू व्यापक रूपमा खुलेका छन् । रासायनिक मल र कीटनाशक औषधि अथवा विषादी त वर्तमान अवस्थामा खेतको निम्ति प्राणवायु नै बन्न गएको छ ।

रासायनिक मलको विकल्पको रूपमा अग्र्यानिक मलको उपयोग गर्नेबारे तीव्र गतिमा प्रयास भइरहेका हुन् । तर, रासायनिक मललाई पूर्णरूपमा विस्थापित गर्न कम्तिमा पनि एक डेढदशक लाग्नेछ । हाम्रो देशमा यदाकदा कृषि उत्पादनमा विषादीको प्रयोगप्रति चिन्ता व्यक्त गर्ने गरिन्छ । केहीले दक्षिणी छिमेकी भारतबाट आयात हुनेगरेका फलफूल र तरकारीमा विषादीको प्रयोग हुनेगरेकोमा चिन्ता व्यक्त गर्ने गर्दछन् । विषादीको प्रयोग भारतबाट आयात हुने तरकारी र फलफूलमा मात्रै होइन अपितुः विश्वका जुनसुकै देशाबट आयात भइरहेको फलफूलमा पनि विषादी प्रयोग भएको विषयमा दुई मत हुने ठाउँ नै छैन । हाम्रो आफ्नो देशको उत्पादनमा पनि अनिवार्य रूपमा विषादीको प्रयोग हुने गरेको छ ।

अग्र्यानिक मलको उत्पादन सीमित मात्रामा हुने गरेका कारण तत्काल विषादीयुक्त कृषि उत्पादनको उपयोग गर्न हामी बाध्य छौं । विनातयारी यसको विरोधलाई अर्थहीन नै मान्नुपर्छ । नेपाल सरकार, प्रादेशिक सरकारहरू तथा स्थानीय तहका प्रादेशिक सरकारसमेतले अग्र्यानिक खेतीका लागि प्रयाप्त लगानी गर्ने तथा प्रोत्साहन दिने काम गरेमा मात्रै यो सम्भव हुनेछ ।

नेपालको संविधानले जनताको खाद्य अधिकारलाई मौलिक अधिकारको रूपमा परिभाषित गरेको छ । तसर्थ स्वच्छ, पोषणयुक्त, विषादीरहित र पर्याप्त खाद्यान्न जनतालाई उपलब्ध गराउनु सरकारको दायित्व हो । हाम्रो संविधानले स्वास्थ्यलाई पनि मौलिक हकअन्तर्गत राखेको छ ।

अहिले त रासायनिक मलको आयात गर्दा समयमा खेतीका लागि किसानलाई आवश्यक मल पुग्न सकिरहेको हुँदैन यस्तोमा अग्र्यानिक मलको कुरा गर्नु भनेको नयाँ घरका सपना हेर्ने बित्तिकै आफू बस्दै आएको घरलाई तहसनहस पार्नु हो । विषादीको विरोध गर्नमा त राम्रो लाग्दछ तर त्यसको विकल्प के ? हाम्रो देशको आवश्यकता अनुसारको अन्न, फलफूल तथा तरकारीको उत्पादन देशभित्रबाट सम्भव भइरहेको छ त ? यदि छैन भने भारतबाट आयात गर्नुको विकल्प के ? उत्तरी छिमेकीले विगत सात वर्षदेखि आफ्नो मुख्य नाका सुचारु हुन दिएको छैन ।

नेपालको संविधानले जनताको खाद्य अधिकारलाई मौलिक अधिकारको रूपमा परिभाषित गरेको छ । तसर्थ स्वच्छ, पोषणयुक्त, विषादीरहित र पर्याप्त खाद्यान्न जनतालाई उपलब्ध गराउनु सरकारको दायित्व हो । हाम्रो संविधानले स्वास्थ्यलाई पनि मौलिक हकअन्तर्गत राखेको छ । सायद त्यसैले होला आफ्नो क्षमताले भ्याएसम्म जटिलर महँगो रोग लागेको बिरामीलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराइरहेको छ । विषादीयुक्त फलफूल र तरकारीले मानव शरीरमाथि गम्भीर असर पार्न सक्दछ, यसमा शंका गर्ने ठाउँ नै छैन तर भारतबाट आयात गरिने तरकारी, फलफूलमा मात्रै होइन अन्य देशबाट आयात हुने र हाम्रो देशमा उत्पादन हुने फलफूल र तरकारीलाई समेत पनि विषादीमुक्त बनाइनु आवश्यक छ ।

जबसम्म यसको विकल्प तयार हुँदैन तबसम्म यस विषयमा अनावश्यक चर्चा गर्नुको अर्थ छैन । आयात भइरहेको खाद्यान्न, फलफूल र तरकारीमाथि रोक लगाउनुपर्ने माग गरेर देशभित्र कृत्रिम अभाव सिर्जना गरी महँगी सिर्जना गर्ने मानसिकता भएका समय–समयमा यस्ता विषयलाई चर्चामा ल्याउने गर्दछन् । हाम्रो देशमा विषादी परीक्षणको समुचित व्यवस्था छैन । देशभित्र रहेका कीटनाशक औषधिका पसलहरूमाथि ताल्चा लगाउनुपर्छ । त्यसपछि हामीले भारत र चीनलगायत विश्वका सबै देशहरूलाई प्रष्ट रूपमा भनिदिनुपर्छ कि नेपालमा विषादीयुक्त फलफूल र तरकारीको उपभोगमाथि रोक लगाइएको छ ।

तसर्थ यस्ता उत्पादनहरूको निर्यातको सान्दर्भिकता अब नेपालको निम्ति रहेन । जिल्ल-जिल्लामा खोलिएका कृषि ज्ञान केन्द्र र यसका शाखाका प्राविधिकले विषादीको प्रयोगबारे किसानलाई सुझाब-सल्लाह दिन बन्द गर्नुपर्छ । नेपालका किसानहरूले आफ्नो खेतीमा विषादी हालेर उत्पादन गरेका तरकारी र फलफूललाई स्वदेशी विषादी भनेर उपयोग गर्दा त्यो स्वास्थ बर्धक हुने तर विदेशवाट आयातित तरकारी र फलफूल खाँदा त्यो हानिकारक हुने दोहोरो मापदण्ड स्वयं हाम्रै निम्ति घातक सावित हुनेछ । हाम्रो देशमा भ्रष्टाचार र कमिसनतन्त्रको जुन खेल चलिरहेछ त्यसमा जाँचकर्ताले यदि नाजायज लाभ लिई विषादीयुक्त कृषिजन्य उत्पादनलाई पनि विषादीरहितको प्रमाणपत्र वितरण ग¥यो भन्ने के गर्ने ? प्रत्येक व्यक्ति र प्रत्येक किसानको उत्पादनलाई विषादीमुक्त बनाउन सकिँदैन ।

हाम्रै देशको काभ्रे, धादिङलगायत किसानले आफ्नो उत्पादनमा अत्याधिक मात्रामा विषादीको प्रयोग गर्ने गरेको तथा यसबाट क्यान्सरजन्य रोगको प्रकोप बढेको आशयका समाचार प्रकाशित हुँदै आएका हुन् । विषादीबारे सतर्कता राम्रो कुरा हो । देशभित्रका र बाहिरवाट कृषिजन्य पदार्थमा विषादी परीक्षण हुनुपर्छ । यसको निम्ति पहिले अन्तर मन्त्रालय समन्वय हुनु आवश्यक छ । अन्तर्राष्ट्रिय दायित्वको पालन सरकारले गर्नेछ । परीक्षण हुनुभन्दा पूर्वसम्बन्धित मित्रराष्ट्रहरूलाई हाम्रो आधारभूत मापदण्डबारे पूर्वजानकारी दिइनुपर्छ । सम्बन्धित मित्रराष्ट्रसित छलफल गर्ने, सम्बन्धित देशको प्रयोगशालाको ल्याब पनि अध्ययन गर्ने विषयमा समन्वयको अभाव रहेको देखियो ।

हाम्रो आफ्नो देशको कृषिनीति किसानमैत्री छैन । कृषि विकासको नाममा छुट्याउने गरिएको रकमको लाभ गैरकिसान अथवा नक्कली किसानहरूले उठाइरहेका हुन् । हाम्रो आवश्यकता अनुसारको खाद्यान्न तरकारी अथवा फलफूलको उत्पादन हामीले गर्न सक्नुपर्छ ।

किसानहरूलाई वैज्ञानिक खेतीको निम्ति मानसिक रूपले तयार पार्नुपर्छ हिमाल, पहाड र तराईमा वातावरण अनुसारको खेतीमा जोड दिइनुपर्छ । किसानले सडकमा दूध खन्याउने, गोलभेडा फाल्ने अथवा सुन्तला कुहिने अवस्थामाथि रोक लगाउन शीतगृह र भण्डारणको समुचित व्यवस्था गर्नु आवश्यक छ ।

किसानलाई वैज्ञानिक खेतीको निम्ति मानसिक रूपले तयार पार्नुपर्छ हिमाल, पहाड र तराईमा वातावरण अनुसारको खेतीमा जोड दिइनुपर्छ । किसानले सडकमा दूध खन्याउने, गोलभेडा फाल्ने अथवा सुन्तला कुहिने अवस्थामाथि रोक लगाउन शीतगृह र भण्डारणको समुचित व्यवस्था गर्नु आवश्यक छ । जनताको आवश्यकता अथवा माग अनुसारको वस्तुको आपूर्ति सम्भव हुन नसकेमा बाहिरबाट मगाउनुको विकल्प हुँदैन ।

भारतबाट आयात भइरहेका फलफूल तथा तरकारीमा विषादी भएको कुरालाई आधार बनाएर दुई पक्षीय व्यापारमा नकारात्मक प्रभाव पार्ने काम ठीक होइन । हामीले पनि अत्याधिक उत्पादन गरेर त्यसलाई भारतमा निर्यात गर्न सक्दछौं । जसरी अहिले बिजुलीको निर्यात अथवा बिक्री गर्दै आएका छौं । सरकाले अग्र्यानिक खेतीलाई महत्व दिनुपर्छ । अग्र्यानिक खेती गर्नेलाई विशेष सहुलियत पनि दिनुपर्छ । सरकारी सहायता पाउने किसानले विषादीको प्रयोग नगरून् भन्ने कुरामा तिनको समर्थन र सहमति लिनुपर्छ । इलामलगायत पूर्वी नेपालका केही जिल्लामा अग्र्यानिक खेतीलाई महत्व दिइएको छ । दक्षिणी छिमेकी भारतमा त्यहाँको सरकारले अग्र्यानिक खेतीलाई ठूलो प्रोत्साहन गर्ने गरेको छ ।

भारत सरकारले त्यस्ता किसानलाई धेरै सहुलियत दिने गरेको छ । अग्र्यानिक खेतीबाट उत्पादन भएका खाद्यान्न फलफूल तथा तरकारीको उपयोग गर्ने इच्छा भए पनि त्यो महँगो हुने गरेका कारण बहुसंख्यकहरूको पहुँचभन्दा टाढाको विषय हुने गरेको छ । सरकारी सहायता प्राप्त भएमा यिनीहरू मनपरी मूल्यको निर्धारण गर्न पाउने छैनन् । सरकारले रासायनिक मल खाद्य र विषादीको विकल्पबारे निरक्षण गर्नु आवश्यक भएको छ । एकातिर निजी स्तरबाट किसानको चिन्ता गरिन्छ भन्ने अर्कातिर रासायनिक मलको मूल्य बढाइन्छ । आयातित तरकारी र फलफूलमा विषादीको बखेडा झिकेरा कृत्रिम अभाव सिर्जना गराई देशभित्र महँगी बढाउने सुनियोजित षड्यन्त्रबाट सतर्क हुनु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?