उपराष्ट्रपति निर्वाचन : मतदान सकियो , केहीबेरमा गणना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नयाँ उपराष्ट्रपतिको निर्वाचनमा मतदान सकिएको छ ।

नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार भएको मतदानको साढे ३ बजेबाट मतगणना सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।

बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हाे ।

मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गर्नुभयो । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गर्नुभएको छ। प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गर्नुभएको छ । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित हुनुभयो ।

उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिनुभएको छ ।

कुनै उम्मेदवारले प्राप्त गरेको कुल मत निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत भए निर्वाचन अधिकृतले उक्त व्यक्ति निर्वाचित भएको घोषणा गर्नुपर्ने व्यवस्था ऐनको दफा ५५ (२) ले गरेको छ।

बहुमत नपुगे सबैभन्दा बढी मत प्राप्त दुई उम्मेदवारबीच पुनः निर्वाचन गराउनुपर्ने हुन्छ।

पुनः मतदानमा कुनै उम्मेदवारले प्राप्त गरेको मत कुल मतको ५० प्रतिशतभन्दा बढी भए निर्वाचित भएको घोषणा गर्नुपर्ने ऐनमा उल्लेख छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?