लक्ष्मी केयर्सद्वारा विद्युतीय सवारी सहयोग

Read Time = 2 mins

काठमाडौंं । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैरसरकारी संस्था लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्रका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ । ती सवारीसाधन ज्येष्ठ नागरिक, फरक ढंगका क्षमता भएका लगायतका धर्मावलम्बी तथा पर्यटकका लागि लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निःशुल्क प्रयोग हुनेछ । आगामी बुद्वजयन्तीका अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीको सुविधालाई ध्यानमा राख्दै विद्युतीय सवारी प्रदान गरिएको संस्थाले जनाएको छ ।

लुम्बिनीमा आयोजित एक कार्यक्रमबीच विद्युतीय सवारी लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्वअध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्तरूपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रय शाक्यपुत्रलाई हस्तान्तरण गर्नुभएको हो । लक्ष्मी केयर्सले गत चैत १८ गते काठमाडौंमा आयोजना गरेको अरेन्ज भाइब्स २०२३ सांगीतिक कार्यक्रममा संकलित रकमबाट विद्युतीय सवारी सहयोग प्रदान गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?