सिटी एफए कपको सेमिफाइनलमा

Read Time = 2 mins

लण्डन । म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीले च्याम्पियनसिप क्लब बर्नलेमाथि ६-० को सानदार जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । सिटीको जितमा नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालाण्डले हृयाट्रिक पूरा गर्नुका साथै जुलियन अल्भारेजले दुई तथा कोल पाल्मेरले एक-एक गोल गर्नुभयो ।

खेलको ३२औँ मिनेटमा हालाण्डको गोलबाट सिटीले अग्रता थियो । त्यसको तीन मिनेटमै हालाण्डले दोस्रो गोल गर्नुभयो । ५९औँ मिनेटमा तेस्रो गोल गर्दै उहाँले हृयाट्रिक पूरा गर्नुभएको थियो । यस्तै, ६२ औँ मिनेटमा केभिन डि बु्रएनाको पासमा जुलियन अल्भारेजले, ६८औँ मिनेटमा कोल पाल्मेरले तथा ७३औँ मिनेटमा अल्भारेले बु्रएनाको पासमा छैटौँ गोल गर्दै सिटीलाई फराकिलो जित दिलाउनुभयो ।

यता, चेल्सी र एभर्टनले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडे । चेल्सीले एभर्टनसँग २-२ गोलको बराबरी खेलेको हो । चेल्सीका जोआओ फेलिक्स र काई हाभर्टजले गोल गर्दा एभर्टनका अब्दुलाए डोउकाउरे र इलिस सिम्सले गोल गर्नुभयो ।

यस बराबरीसँगै चेल्सी २७ खेलबाट ३८ अंक जोडेर १०औँ स्थानमा छ । एभर्टन २८ खेलबाट २६ अंक जोडेर १५औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?