फस्र्ट सोलारले आठ मेगावाटको प्लान्ट बनाउने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । फस्र्ट सोलार डेभलपर्सले कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा आठ मेगावाटको भृकुटी ग्रिड टाइड सोलार प्लान्ट निर्माण गर्ने भएको छ । जसका लागि कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ । पिपिएमा प्राधिकरणको पावर ट्रेड विभागका निर्देशक प्रबल अधिकारी र फस्र्ट सोलार डेभलपर्सका प्रबन्ध निर्देशक राजकुमार थापाले हस्ताक्षर गर्नुभएको हो ।

आयोजनाले चार हजार घरधुरीको खपत बराबर १५.१ प्रतिवर्ष स्वच्छ ऊर्जा उत्पादन गर्नेछ । आयोजनाले एसियाली विकास बैंकअन्तर्गतको जलवायु लगानी सुविधाअन्तर्गत भायविलिटी ग्याप फण्डिङ (भिजिएफ) प्राप्त गरेको छ । साथै एफएमओ, एक्सेस पावर र सोलार प्लाजाद्वारा आयोजित सोलार सार्क ट्याङ प्रतियोगितामा सोलार सार्क ट्याङ २०१८ अन्तर्गत एक लाख डलर अनुदान जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?