काठमाडौंमा रोयल इन्फिल्डका दुई शोरुम

Read Time = 1 min

काठमाडौं । त्रिवेणी गु्रपले काठमाडौं उपत्यकामा रोयल इन्फिल्डका अत्याधुनिक दुई शोरुम सञ्चालनमा ल्याएको छ । काठमाडौंको नक्साल र बालकुमारीमा आइतबार त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोत्तमलाल संघाईले शोरुम उद्घाटन गर्नुभएको हो ।

त्रिवेणी ग्रुपको लगानी रहेको अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फिल्डको बिक्रीको जिम्मेवारी लिएको छ । कम्पनीका अनुसार रोयल इन्फिल्ड मोटरसाइकल शोरुम ‘बाइकर्स होम’ को अवधारणामा निर्माण गरिएको हो ।

शोरुमबाट बाइकका साथै राइडिङ गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पाटर््स बिक्री तथा बिक्रीपछिका सेवासमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

अल्फा अटोमोटिभ कम्पनीले सञ्चालन गरेको शोरुम र डिलरसमेत गरी हाल छवटा शोरुम सञ्चालनमा रहेका छन् । नक्साल, कोटेश्वर, पोखरा, बुटबल, धरान र इटहरीमा रोयल इन्फिल्डका शोरुम छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?