लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ ।

कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भएपनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो । सन् २०१९ सम्म करिव १७ लाख वाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर २०२० मा २ लाख ९२ हजार पर्यटक मात्रै आएको कोषले जनाएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा लुम्बिनी विकास कोषका प्रमुख प्रशासकिय अधिकृत ज्ञानिन राईले सन् २०२३ को पछिल्लो तीन महिना सम्ममा २५ हजार बढी विदशी पर्यटक आगमन भएको बताउनु भयो ।

उहाँले २०२१ मा ११९७ जना विदेशी,४३ हजार ७३२ भारतीय र आन्तरिक ४ लाख ६३ हजार ९६३ पर्यटक आएको बताउनु भयो । उहाँले २०२२ मा विदेशी पर्यटक २३ हजार ९४२,भारतीय २ लाख ३० हजार ८६३ र आन्तरिक ६ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएको बताउनु भयो । उहाँले २०२२ पछि लुम्बिनी घुम्नको लागि आउने आन्तरिक वाह्य तथा भारतीय पर्यटकमा वृद्धि हुँदै गएकाले आगामी दिन बढ्दै जाने आशा जगाएको बताउनु भयो ।

उहाँले तिलौराकोट संरक्षित स्मारक क्षेत्र सन् २०२५ सम्म विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने गरी काम अगाडि बढाएको बताउनु भयो । उहाँले १९९६ मा विश्व सम्पदामा राख्ने सूचिमा राखेर पनि अहिले सरकारले बजेट छुट्याएर नै प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले तिलौराकोटको २०१४ देखि जापनिज फन्ड ईन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको पुरातत्वविद्हरुको टोलीले उत्खनन र अनुसन्धान गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ लुम्बिनीमा सन् २०१९ सम्म करिव १७ लाख वाह्य र आन्तरिक पर्यटक आउने गरेका थिए । जसमा पासवर्डहोल्डर १ लाख ७५ हजार थियो भने सबै गरेर १८ लाख पर्यटक पुगेको थियो । कोभिडपछि लुम्बीनीमा पर्यटक घटेर कम भयो । २०२० मा २ लाख ९२ हजार पर्यटक मात्रै आएका थिए । सन् २०२० आशा लाग्दो भएको छ । २०२१ मा ११९७ जना विदेशी,४३ हजार ७३२ भारतीय र आन्तरिक ४ लाख ६३ हजार ९६३ पर्यटक आएका थिए । २०२२ मा विदेशी पर्यटक २३ हजार ९४२,भारतीय २ लाख ३० हजार ८६३ र आन्तरिक ६ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएका थिए । सन् २०२३ को जनवरी फ्रेव्रुअरी र मार्च तीन महिनामा विदशी पर्यटक २५ हजार बढी आगमन भएको छ । बुद्धको दरबार रहेको तिलौराकोट संरक्षित स्मारक क्षेत्र विश्व सम्पदा सूचिमा सूचिकरण गर्ने प्रक्रिया अगाडि बढाएका छौं । पछिल्लो समय विकासिल मुलुकहरुले पुरातात्विक स्थानहरुलाई विश्व सम्पदा सूचिमा सूचिकरण गर्ने काम गरिरहेका छन् । त्यसको लागि धेरै खर्च गर्ने प्रचलन बढेको छ । १९९६ मा विश्व सम्पदामा राख्ने सूचिमा राखेर पनि अहिलेसम्म राख्न सकिएको थिएन तर अहिले सरकारले बजेट छुट्याएर नै प्राथमिकतामा राखेको छ । तिलौराकोटको २०१४ देखि उत्खनन र अनुसन्धान गरिरहेका छौैं । जापानिज फन्ड ईन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको पुरातत्वविद्हरुको टोलीले उत्खनन र अनुसन्धान गरेको हो । अहिले पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण, भूभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिएको छ । सन् २०२५सम्म विश्व सम्पदा सूचिमा समावेश गराउने गरी काम गरिरहेका छौं । लुम्बिनी विकास कोषले लुम्बीनी गुरुयोजना दुई वर्ष भित्र सक्नेगरी स्रोत जुटाएर काम गर्ने योजना बनाएको छ । गुरुयोजना बनाउनको लागि ७ अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चिता भएको छ ।’

उहाँले तिलौराकोट क्षेत्रका जग्गा अधिकरण गरेर अहिले पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण,, भूभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिएको बताउनु भयो । उहाँले लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजना दुई वर्षभित्र सक्नेगरी स्रोत जुटाएर काम गर्ने योजना बनाएको बताउनु भयो ।

उहाँले गुरुयोजना सम्पन्न गर्नको लागि ७ अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चिता भएको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?