स्ववियु निर्वाचन: षडानन्द बहुमुखी क्याम्पस दिङलामा अनेरास्ववियुका कार्कीसहितको टिम बिजयी

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुरको उत्तर षडानन्द नगरपालिका दिङलामा रहेको षडानन्द बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ एमालेको बिद्यार्थी संगठन अनेरास्ववियुका गिरिजा कार्कीसहितको टिम बिजयी भएको छ ।

प्रत्यक्षतर्फ सभापतिमा कार्कीसहित सचिव रोमिला राई र कोषाध्यक्षमा रेनुका बस्नेत निर्वाचित भएका छन भने सदस्यहरुमा तोपबहादुर तामाङ, भुवन राई, अस्मिता राई र दिनेश बिश्वकर्मा बिजय भएका हुन ।

प्रत्यक्षतर्फको ८ सिटमा ७ वटा सिट अनेरास्ववियुले जितेको हो ।

षडानन्द बहुमुखी क्याम्पसमा अर्को तर्फ भने कांग्रेस निकटको नेपाल बिद्यार्थी संघ, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीको अनेरास्ववियुको संयुक्त प्यानल निर्वाचनमा सामेल थियो । समानुपातिकतर्फको मतपरिणाम आउन बाँकी रहेको छ ।

क्याम्पसमा कुल दुई सय ६ जना बिद्यार्थी अध्यनरत रहेका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?