ग्रिल व्यवसायीलाई लिडरसिप तालिम

Read Time = 2 mins

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले महासंघमा आबद्ध जिल्ला, क्षेत्र र इकाई समितिका पदाधिकारी सदस्यलाई एकदिवसीय ‘मोटिभेसनल प्रोग्राम अन डाइनामिक बिजनेस लिडरसिप’ कार्यक्रम सञ्चालन गरेको छ । प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै महासंघ अध्यक्ष मोहन कटुवालले ग्रिल व्यवसायीलाई संगठित गर्न, व्यवसायलाई व्यवस्थित गर्न, व्यवसायलाई बढाउन एकआपसमा भाइचाराको विकास गर्दै अघि बढ्न प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

काठमाडौंबाट सुरु गरिएको नेतृत्व विकास तालिम देशका अन्य भागमा पनि क्रमशः सञ्चालन गर्दै जाने उहाँले जानकारी गराउनुभयो । प्रशिक्षक रविन कटुवालले लिडरसिप तालिम कार्यक्रमबाट नेतृत्व वर्गलाई व्यवसायीबीच गएर सांगठनिक गतिविधि सञ्चालन गर्न, व्यवसाय प्रवद्र्धन गरी राम्रो आयआर्जन गर्न कर्मचारी र उपभोक्तासँग सौहार्दपूर्वक व्यवहार गरी अघि बढ्न सहयोग पुग्ने बताउनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष निरञ्जनकुमार श्रेष्ठले तालिमले ग्रिल व्यवसायीको नेतृत्व तहमा रहेका व्यवसायीलाई थप ज्ञान र हौसला मिलेको बताउनुभयो । तालिममा महासंघ, ललितपुर जिल्ला र काठमाडौं जिल्ला समिति र सो जिल्लामा आबद्ध क्षेत्रीय समिति र इकाई समितिको नेतृत्व तहमा रहेका झण्डै एक सय ९० जनाको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?