सुदूरपश्चिम विश्वविद्यालय मातहतका बैतडीका तीन वटै क्याम्पसमा नेविसंघ विजयी

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । स्ववियु चुनावमा सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेका बैतडीका तीन वटै क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् ।

बुधबार भएको चुनावमा सुदूरपश्चिम विश्वविद्यालय मातहतका मणिलेक क्याम्पस मेलौली, पाटन बहुमुखी क्याम्पस पाटन र जगन्नाथ बहुमुखी क्याम्पस गोठालापानीमा नेविसंघका उम्मेदवार विजयी भए ।

मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतिमा नेविसंघको प्यानलै विजयी भएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानलै विजयी भएको हो । सभापतिमा नेविसंघका नवराज भट्ट विजयी हुनुभयो । उहाँले ७० मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत प्राप्त गर्नुभयो । सचिवमा नेविसंघका निरज भट्ट विजयी हुनुभयो । कोषाध्यक्षमा सुशीला नेगी, सदस्यमा पूजा चन्द, दिनेश सिंह साउँद, सुनिता भट्ट र मनोजदत्त ओझा विजयी हुनुभयो ।

त्यसैगरी जगन्नाथ बहुमुखी क्याम्पसमा नेविसंघका धनी भट्ट विजयी हुनुभयो । उहाँले १२० मत ल्याउनु भयो । उहाँका निकटतमा प्रतिद्धन्द्धी अनेरास्ववियका योगेश मौनीले ३६ मतमात्रै ल्याउनु भयो । सचिवमा नेविसंघकै किशोरराज पन्त (११८), कोषाध्यक्षमा ममता भट्ट (११०), सदस्यमा पनि नेविसंघकै गिता बोहरा, ललिता चन्द, र विन्दु कुमारी बडु विजयी हुनु भयो ।

पाटन बहुमुखी क्याम्पसमा नेवी संघकी भागरथी भट्ट विजयी हुनु भयो । अखिल क्रान्तिकारी र नेविसंघको सयुक्त गठबन्धनबाट साझा उम्मेदवार भागरथी भट्ट विजयी बन्नुभयो । उहाँले ८९ मत ल्याउनु भयो । उहाँका प्रतिद्वन्द्वी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत ल्याउनु भयो । स्वतन्त्र उम्मेदवार अमरराज भट्टले ५० मत प्राप्त गर्नुभयो ।

यस अघि नै त्रिवि मातहतका बैतडीका चार वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको छ । दुई क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भएको छ भने एकमा अखिल क्रान्तिकारी र एकमा नेविसंघ विजयी भएको छ । त्रिबि मातहतका ६ वटा क्याम्पस रहेकोमा २ क्याम्पसमा तलाबन्दीका कारण निर्वाचन हुन सकेन । सिगास शिक्षा क्याम्पस र बैतडी शिक्षा क्याम्पस शाहिलेकमा तालाबन्दीका कारण निर्वाचन हुन सकेन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?