वडाध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा

हिमालय टाइम्स
Read Time = 1 min

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ११ का वडाध्यक्ष र वडा सचिव घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय ५० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका ६, रामजानकी हस्पिटल नजिकबाट सेवाग्राहीबाट घुस लिएलगत्तै उनीहरूलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?