स्व.राणाको परिवारलाई चलचित्रकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग

Read Time = 2 mins

काठमाडौं । दिवंगत कलाकार स्व.बिएस राणाको परिवारको उपचारका लागि चलचित्रकर्मी कल्याणकारी कोषबाट नगद एक लाख रुपैयाँ सहयोग गरिएको छ । चलचित्र विकास बोर्डअन्तर्गत रहेको कोषले स्व.राणाका धर्मपत्नी हनी राणा तथा छोरी आरती राणा रहेको ललितपुरस्थित स्नेही काख संस्थामा पुगेर नगद सहयोग गरेको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी तथा कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसालले उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरणको समयमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, संघकै सह-कोषाध्यक्ष पवित्रा आचार्यलगायत कलाकारहरूको उपस्थिति थियो ।

विसं २०४१ सालमा बनेको चलचित्र ‘अन्याय’बाट नेपाली चलचित्रको अभिनयमा आउनुभएका दिवंगत राणाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको थियो । राणाको २०७५ माघ १८ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?