थ्रि नेसन्स कपमा आज भुटान र लाओस भिड्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओसबीच प्रतिस्पर्धा हुनेछ ।

गत ८ गतेदेखि शुरु भएको थ्री नेसन्स कप को दोस्रो खेलमा भुटान र लाओसबीच खेल हुन लागेको हो ।

नेपालले लाओसलाई २-० ले पराजित गर्दै उदघाटन खेलमा बिजय हासिल गरिसकेको छ भने दोस्रो खेल नेपालले चैत १४ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते भिडनेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउनेछ भने उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर तथा म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?