लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए राजीनामा

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।

लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा पर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?