थ्रीस्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

धनगढी । थ्रीस्टार क्लव छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा गोल गरेको थियो । थ्री स्टारका लागि खेलको ५९ औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै जित दिलाउनुभएको हो । खेलको एसपीए ‘म्यान अफ दी म्याच’ दिपेश गुरुङ घोषित हुनुभयो ।

जितसँगै थ्री स्टारले सोझै सेमिफाइनलमा स्थान बनाएको छ । थ्री स्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम-११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । खेल चैत १६ गते हुनेछ । प्रतियोगिताअन्तर्गत सोमबार मनाङ मस्र्याङ्दीले बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउसो ३ः३० बजे सुरु हुनेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली दुई र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ । चैत ९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल १८ गते हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?