उदयपुरगढीका ४ वटै स्वास्थ्य चौकीका एम्बुलेन्स प्रयोग विहिन

हिमालय टाइम्स
Read Time = 3 mins

-सरोज निरौला
उदयपुर । उदयपुरको उदयपुरगढी गाँउपालिकामा भएका ४ ओटै एम्बुलेन्स काम नलाग्ने अवस्थामा पुगेका छन् । आर्थिक बर्ष २०७५–०७६ मा प्रतिगोटा साँढे ११ लाखका दरले किनिएका ४ वटै एम्बुलेन्स प्रयोग विहिन अवस्थामा पुगेका हुन् ।

नेपाली कांग्रेस नेता गगनकुमार थापा स्वास्थ्यमन्त्री भएका बेला भन्सार छुट गरि उदयपुरगढीका स्वास्थ्यचौकीहरुका लागि ल्याईएका कुनैपनि एम्बुलेन्स यतिबेला प्रयोगमा आउन सकेका छैनन् ।

वडा नंं. १ स्थित स्वास्थ्य चौकी तावाश्रीको एम्बुलेन्स तत्कालिन वडाध्यक्ष खेतबहादुर मगरले पालिकालाई जिम्मा नलगाएपछि एम्बुलेन्स काम नलाग्ने अवस्थामा पुगेको हो । यस्तै वडा नंं ३ को एम्बुलेन्स पनि चालक समेत पाल्न नसकिने अवस्था आएपछि गाउँपालिकामा बुझाईएको छ । वडा नंं ४ डुम्रेको एम्बुलेन्स समेत गाउँपालिकामा थान्को लागेको छ ।

यता दुई चोटी दुर्घटनामा परेको वडा नंं ५ को एम्बुलेन्सको अवस्था अत्तोपत्तो छैन । बिरामी बोकेर बिराटनगर जाँदै गरेको एम्बुलेन्स सुनसरीको दुहवीमा २०७६ कार्तिक ५ गते दुर्घटनामा परेको थियो । हाल उक्त एम्बुलेन्स मर्मतका क्रममा रहेको बताईपनि अवस्था अज्ञात छ ।
पालिकामा रहेका सबै एम्बुलेसहरु प्रयोग विहिन बन्दा कहिलेकाहीँ रेडक्रसको एम्बुलेन्सले सेवा दिनेगरेको र प्रायःजसो बिरामीहरुलाई सार्वजनिक सवारीमा यात्रा गराउनुपरको उदयपुरगढी गाउपालिकाका अधिकाङस रुथानियको गुनासो छ । यता पालिका उपाध्यक्ष जितबहादुर खड्काले भने बिग्रिएर बसेका एम्बुलेन्सहरुलाई मर्मत गरि संचालनमा ल्याईने बताउनुभयो । वडा न । १ का तत्कालिन अध्यक्षलाई पटक पटक ताकेता गर्दा सम्म एम्बुलेन्स नबुझाई सडाएर राखेको र कहिदिन अघि मात्र फिर्ता गरेकाले त्यसको मर्मतका लागी गाइघाट पठाईसकिएको बताउनुभयो ।

पहाडी भुगोलका कारण एम्बुलेन्सहरु छिटो बिग्रने र आर्थिक अवस्था कमजोर रहेका परिवारले एम्बुलेन्सको भाडा तिर्न नसक्दा निरन्तर संचालनमा समस्या रहेको उहाँको भनाई छ ।

तत्कालिन स्वास्थ्य मन्त्री थापाको कार्यकालमा भन्सार छुट गरि उदयपुरगढीका स्वास्थ्यचौकीहरुका लागि ल्याईएका कुनैपनि एम्बुलेन्स यतिबेला प्रयोगमा आउन सकेका छैनन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?