भारतमा भीरबाट लडेर एक नेपाली मजदुरको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

दार्चुला । भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गतको छिरकिलामा मजदुरी गर्न पुगेका नेपाली कामदारको मृत्यु भएको छ ।

सोमबार मजदुरी गर्ने क्रममा भीरमा खसेर बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ का ३० वर्षीय कालुराम ओडको मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मजदुरीका क्रममा मृत्यु भएका नेपाली कामदारको धारचुलास्थित चिकित्सालयमा शवको पोस्टमार्टम गरी शव मंगलबार बैतडी पठाइएको हो ।

मजदुरीका क्रममा मृत्यु भएका हुनाले निर्माण कम्पनीले उनको परिवारलाई ५ लाख भारतीय रुपैयाँ सहयोग दिएको बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?