अर्जेन्टिनाको जितमा मेस्सीको ह्याट्रिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पार गरेका छन् । बुधबार बिहान भएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिनाले कुराकाओमाथि ७-० को फराकिलो जित निकाल्दा मेसीले कीर्तिमानी गोल गरेका हुन् ।

पहिलो हाफमा ५ गोलको अग्रता बनाएको अर्जेन्टिनाका लागि मेसीले २० औँ मिनेटमा पहिलो गोल गरेका थिए । उनले पहिलो गोल गरेको १७ मिनेटभित्र ह्याट्रिक पूरा गरे ।

त्यस्तै उसका लागि निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले समान १–१ गोल गरेका थिए । पहिलो हाफमा ५ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

खेलमा मेसीले २०औँ मिनेटमा पहिलो गोल गर्दा २३ औँ मिनेटमा गोन्जालेजले दोस्रो गोल गरका थिए । त्यसपछि मेसीले ३३ र ३७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेसीको यो करिअरको ५७ औँ ह्याट्रिक हो ।

मेसीले १०२ गोल संख्या पुर्याउँदा उनीभन्दा अघि पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले १२२ गोलका साथ शीर्ष स्थानमा रहँदा इरानका अली दाईले १०९ गोल गरेका छन् ।

अर्जेन्टिनाका लागि दोस्रो हाफमा ७८औँ मिनेटमा एन्जल डि मारियाले पेनाल्टीमा गोल गर्दा ८७औंँ मिनेटमा गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जित दिलाए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?