मेस्सीको हृयाट्रिकमा अर्जेन्टिनाको सानदार जित

Read Time = 4 mins

लण्डन । कप्तान लियोनेल मेस्सीको हृयाट्रिक मद्दतमा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोन्काफको कुराकाओमाथि सात-शून्यको फराकिलो जित हात पारेको छ । अर्जेन्टिनाको जितमा मेस्सीले हृयाट्रिक पूरा गर्दा निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले समान एक गोल गर्नुभयो ।

२०औँ मिनेटमा पहिलो गोल गर्नुभएका मेस्सीले ३३ र ३७औँ मिनेटमा गोल गर्दै हृयाट्रिक पूरा गर्नुभयो । जुन उहाँको करिअरको ३७औँ हृयाट्रिक पनि हो । योसँगै मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोलसमेत पूरा गर्नुभएको छ । उहाँ अघि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो (१२२) र इरानका अली दाइ (१०९) रहनुभएको छ ।

त्यसबाहेक अर्जेन्टिनाका लागि २३औँ मिनेटमा निकोलस गोन्जालेजले तथा ३५औँ मिनेटमा एन्जोले गोल गर्नुभयो । ७८औँ मिनेटमा एन्जल डि मारिया र ८७औँ मिनेटमा गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनालाई सानदार जित दिलाउनुभयो ।

यता, बेल्जियमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीमाथि ३-२ को रोमाञ्चक जित हात पा¥यो । बेल्जियमको जितमा यान्निक कारास्को, रोमेलु लुकाकु र केभिन डि ब्रुएनाले गोल गर्नुभयो । जर्मनीका निकलस फुलक्रुग र सर्ज जिनाब्रीले गोल फर्काउनुभयो ।

खेलको छैटौँ मिनेटमा यान्निक कारास्कोको गोलबाट बेल्जियमले एक-शून्यको अग्रता लियो । नवौँ मिनेटमा केभिन डि ब्रुएनाको पासमा लुकाकुले दोस्रो गोल गर्नुभयो । ४४औँ मिनेटमा निकलस फुलक्रगले एक गोल फर्काउनुभयो । ७८औँ मिनेटमा केभिन डि ब्रुएनाले गोल गर्दै बेल्जियमलाई तीन-एकको अग्रता दिलाउनुभयो । त्यसपछि ८७औँ मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै खेललाई तीन-दुईको स्थितिमा टुंग्याउनुभयो ।

स्कटल्याण्डले स्पेनलाई दुई-शून्य गोलअन्तरले स्तब्ध पार्‍यो । स्कट म्याकटोमिनेले पहिलो र दोस्रो हाफमा गोल गर्दै स्कटल्याण्डलाई जित दिलाउनुभयो । लगातार दोस्रो जितसँगै स्कटल्याण्ड दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित स्पेन दुई खेलबाट तीन अंक जोडेर दोस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा नर्वे र जर्जियाले एक-एक गोलको बराबरी खेल्दै छनोटमा पहिलो अंक जोडेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?