काठमाडौं । बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल मार्केट्सबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्न सम्झौता भएको छ । बुधबार एक कार्यक्रमबीच बिपिडब्लु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दिलिपकुमार पोखरेल र मेगा क्यापिटल मार्केट्सका कामु प्रमुख कार्यकारी अधिकृत सुलभ श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सो अवसरमा मेगा क्यापिटलका मार्केटिङ डिपार्टमेन्ट हेड गिरिराज पोखरेल र मर्चेन्ट बैंकिङ इन्चार्ज मनिषा दाहालको पनि उपस्थिति थियो । सम्झौतासँगै धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिला खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाको लागत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य मेगा क्यापिटलमार्फत् हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच