स्याङ्जामा यस वर्ष ३४ केन्द्रबाट ४४८१ विद्यार्थीले एसईई दिँदै

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । भोलिबाट सञ्चालन हुने एसइइ परीक्षामा स्याङ्जाका ३४ केन्द्रबाट ४४८१ विद्यार्थीहरुले परीक्षा दिँदै छन् । उक्त परीक्षा सञ्चालनका लागि जिल्लाभरी ३४ जना केन्द्राध्यक्ष र ४५ जना सहायक केन्द्राध्यक्षको व्यवस्था गरिएको छ ।

भोलिबाट सुरु हुने एसइइ परीक्षाको सबै तयारी सकिएको जिल्ला परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘परीक्षाको लागि सम्पूर्ण तयारी सकिएको छ । केन्द्राध्यक्षहरु नियुक्त गरी उहाँहरुलाई अभिमूखीकरण तालिम पनि सम्पन्न भइसकेको छ । परीक्षासँग सम्बन्धित सम्पूर्ण सामग्री परीक्षा केन्द्रहरुमा पुगिसकेका छन् । शान्ति सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाइसकिएको छ ।’

यस वर्षको एसइइ परीक्षामा २४२ जना निरीक्षक तथा ४५ केन्द्राध्यक्षहरुको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय ईकाइ स्याङ्जाका प्रमुख विश्वराज आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘परीक्षाका लागि सबै तयारी सकिएको छ । ३४ केन्द्रबाट ४४८१ विद्यार्थीले यस वर्षको एसइइ दिँदै छन् । यीमध्ये केटा २२९४ र केटी २१८७ परीक्षामा सहभागी रहने छन् ।’

शिक्षा विकास तथा समन्वय इकाइका नायब सुब्बा राज गौतम एसइइ परीक्षालाई सामान्य परीक्षाको रुपमा हेर्नुपर्ने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अभिभावकहरु र समुदायले पनि एसइइ परीक्षा अन्य परीक्षा जस्तै सामान्य परीक्षाका रुपमा लिइदिँदा विद्यार्थीहरु तनावरहित हुन्छन् ।’

सरकारले एसइइ परीक्षाको मूल्याङ्कन पद्धतिलाई लेटर ग्रेडिङ प्रणालीमा प्रकाशित गरे तापनि अझै पनि सबैको दृष्टिकोण एसइइ परीक्षालाई बढी नै महत्व दिने प्रवृत्ति रहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?