काठमाडौं । वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र भन्ने नाराका साथ हुन गइरहेको नेपाल बिजनेस समिट २०२३ को टाइटल स्पोन्सर वल्र्डलिंक कम्युनिकेसन हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा हुन लागेको नेपाल बिजनेस समिटको टाइटल स्पोन्सर वल्र्डलिंक हुने भएको छ ।
वैशाख दोस्रो हप्ता आयोजना हुने समिटमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेसन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् । टाइटल स्पोन्सरका लागि वल्र्डलिंकका सञ्चालक मनोज अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा वल्र्डलिंकका सञ्चालक अग्रवालले डिजिटल प्रविधिसहितको आर्थिक विकास नै समृद्धिको मूल आधार भएकाले उद्यमशीलता र व्यावसायिक प्रवद्र्धनका लागि बिजनेस समिटमा साझेदारी गरेको बताउनुभयो ।
सम्मेलन मूल आयोजक कमिटी संयोजकसमेत रहनुभएका इन्स्टिच्युटका कार्यकारी अध्यक्ष गैरेले शिखर सम्मेलनले ठूला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने, उद्यमी-व्यवसायीले भोग्दै आएका नीतिगत र व्यवहारगत समस्या समाधान गर्दै थप लगानी भिœयाउने, निर्यात प्रवद्र्धन गर्ने र त्यसका लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पुर्याउने उद्देश्य राखेको जानकारी दिनुभयो ।
सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धिका साथै उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसर सिर्जना हुने, लगानीका सम्भावित क्षेत्रको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिला उद्यम÷व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगको स्तरोन्नतिसहित नवप्रवर्तनमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने, तीन तहकै सरकार, निजी क्षेत्र र कूटनीतिक नियोगबीच सम्बन्ध विस्तार भई उच्चस्तरको नेटवर्किङ हुने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच