स्वर्णिम वाग्ले र रमेश खरेलसाथै राखेर भोलि रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार आगामी वैशाख १० गते हुने उपनिर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

रास्वपा अध्यक्ष रवि लामिछानेले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार उक्त सम्मेलन भोलि अपराह्न ४ बजे बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने छ ।

लामिछानेले अर्थविद् स्वर्णिम वाग्ले र पूर्व डीआइजी रमेश खरेलसहितको तस्बिर शेयर गर्दै लेख्नुभएको छ, ‘हामी ३ भाइको पत्रकार सम्मेलन भोलि ४ बजे ।’

हिजोमात्र कांग्रेस परित्यागको घोषणा गर्नुभएको अर्थविद् वाग्ले रास्वपा प्रवेश गर्नुभएको छ । उहाँ उपनिर्वाचनमा तनहुँ १ बाट चुनाव लड्ने चर्चा छ । यस्तै पूर्व डीआइजी खरेल बारा २ बाट  चुनाव लड्दै हुनुहुन्छ । सुशासन पार्टीका अध्यक्ष समेत रहनु भएको खरेलकाे पार्टी र रास्वपाबीच एकता हुने चर्चा पनि छ । खरेल ४ मंसिरको चुनावमा काठमाडौं १ बाट पराजित हुनु भएको थियो ।

यस्तै रास्वपा अध्यक्ष लामिछाने चितवन २ बाट उपनिर्वाचन लड्दै हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?