त्रिज्योति र ज्ञानोदय क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ज्ञानोदय र त्रिज्योति ११औँ लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूए ‘ए’ बाट त्रिज्योति विजेता र ज्ञानोदय उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् ।

मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको खेलमा त्रिज्योतिले लोयल्टी ‘बी’ लाई ४-० गोलले पराजित गर्‍यो भने ज्ञानोदयसँग एक-एकको बराबरी खेल्यो । ज्ञानोदयले लोयल्टी ‘बी’ लाई दुई-एक गोलले पन्छायो ।

समूह ‘सी’ बाट लिटिल एन्जल्स विजेता तथा काठमाडौं भ्याली उपविजेता बन्दै क्वाटरफाइनलमा पुगे । लिटिल एन्जल्सले काठमाडौं भ्यालीलाई ११-० तथा रिलायन्सलाई ७-१ गोलले पाखा लगायो । काठमाडौं भ्यालीले रिलायन्सलाई चार-दुई गोलले पराजित गर्‍यो ।
प्रतियोगितामा आयोजकका दुईसहित १२ टिम सहभागी छन् । फाइनल फागुन १९ गते हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?