ताम्राकार मोबाइल संघमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सका मोबाइल व्यवसायीको छाता संगठन मोबाइल व्यापार संघको अध्यक्षमा गुरुदत्त शर्मा सर्वसम्मत चयन हुनुभएको छ । अध्यक्ष शर्माको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको हो ।

जसअनुसार वरिष्ठ उपाध्यक्षमा अनिल ढकाल, महासचिवमा गोपालबहादुर क्षेत्री, उपाध्यक्षद्वयमा विवेक शर्मा तथा कल्पना तिवारी तथा सचिवमा रमण पराजुली र कोषाध्यक्षमा मोती कोइराला रहनुभएको छ । सदस्यमा निर्जश कार्की, बलराम कार्की, सरोज गौतम, रविन डाँगी, सुनिता कार्की, रामदास ठकुरी, निर्मल अर्याल, चन्द्रमान श्रेष्ठ, सपना बानियाँ रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?