लोयल्टी क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक लोयल्टी ‘ए’ ११औँ लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गरेको छ । लोयल्टी समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।

मण्डिखाटारस्थित घरेलु मैदानमा लोयल्टीले विद्या संस्कारलाई ३-१ गोलले पराजित गर्‍यो । विजेताका साहिल राई ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । अर्को खेलमा लोयल्टीले नेक्ससलाई ४-० गोलले हरायो । लोयल्टीका अश्विन थापा ‘म्यान अफ द म्याच’ चुनिनुभयो ।

विद्या संस्कारले नेक्ससलाई ४-२ गोलले हराउँदै उपविजेताका रूपमा क्वाटरफाइनलमा पुग्न सफल भयो । विद्या संस्कारका दन्चित थापा ‘म्यान अफ द म्याच’ हुनुभयो ।

समूह ‘बी’ बाट काष्ठमण्डप विजेता र टाइमलाइन उपविजेता हुँदै क्वाटरफाइनलमा पुगे । काष्ठमण्डपले चाँदबागलाई २-० तथा टाइमलाइनलाई ३-१ गोलले पाखा लगायो । टाइमलाइनले चाँदबागमाथि ३-२ को जित दर्ता गर्‍यो ।

क्वाटरफाइनलमा काष्ठमण्डपको भेट विद्या संस्कारसँग हुनेछ भने टाइमलाइनले लोयल्टी ‘ए’ विरुद्ध खेल्नेछ । अन्य क्वाटरफाइनल ज्ञानोदय र लिटिल एन्जल्स तथा त्रिज्योति र काठमाडौं भ्यालीबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?