काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक भएपछि दर्शककमा एक खालको उत्साह देखिएको छ । आगामी ११ फागुनदेखि देशभरका सिनेमाघरमा आउन लागेको यो चलचित्रलाई लिएर दर्शकमा उत्साह देखिएको हो ।
मिलन चाम्सद्वारा निर्देशित यो चलचित्रको ट्रेलर ११ माघमा सार्वजनिक भएको थियो । नेपाली संस्करणको ट्रेलरले अहिले सर्वाधिक सकरात्मक प्रतिक्रिया पाएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको पाँच दिनमा यो चलचित्रको ट्रेलरले चार लाख ५० हजारभन्दा बढी भ्युज पाएको छ भने २५ हजार दर्शकले लाईक गरेका छन् ।
एक्सन क्राइम तथा हिस्टोरिकल जनरामा निर्मित चलचित्र भएकाले यसको ट्रेलरलाई बुष्ट गर्न नमिले पनि दर्शकको हेराइबाटै दैनिक करिब एक लाख भ्युज यसले पाउँदै आएका निर्देशक मिलन चाम्सले जानकारी गराउनुभयो । यस्तै यो अवधिमा एक हजार तीन सयभन्दा बढी कमेन्ट यो ट्रेलरले पाएको छ । सबै कमेन्टहरू सकरात्मक छन् ।
चलचित्रमा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायत कलाकारको मुख्य भूमिका छ । अभियनमा बेलायतबाट डिप्लोमा गर्नुभएका चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै चलचित्र अभिनयमा डेब्यु गर्नुभएको हो । गोर्खा वारियर नेपाली, हिन्दी, अंग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । चलचित्रको नेपाली संस्करण तयार भइसकेको छ भने हिन्दी, कोरियन र अंग्रेजी संस्करणको निर्माण पनि अन्तिम अवस्थामा पुगेको बताइएको छ ।
चलचित्रमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन छ । हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेख्नुभएको छ । जसमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन छ ।
चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा हुनुहुन्छ । यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई रहनुभएको छ । यो चलचित्र लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
यो चलचित्र पहिलोपटक बेलायतमा हालै ऐतिहासिक रेड कार्पेट प्रिमियर गरिएको थियो । चलचित्र ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा भइरहेको छ । चलचित्रलाई नेपालमा श्री बेंकेटेस फिल्मस्का मनोज राठी र उज्ज्वल पौडेलले बितरण गर्दै हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच