प्रदेश १ को नाम ‘कोशी प्रदेश’ दुई तिहाई बहुमतले पारित

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । प्रदेश नम्बर १ को नाम ‘कोशी प्रदेश’ हुनुपर्ने नेकपा एमालेको प्रस्ताव दुई तिहाई मतभन्दा बढी मतले पारित भएको छ ।

प्रदेशको नाम कोशी प्रदेश हुनुपर्ने नेकपा एमालेले संसद सचिवालयमा आज बिहान दर्ता गरेको थियो ।

उक्त प्रस्तावको पक्षमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरेका हुन् ।

उक्त प्रस्तावमा मत विभाजन हुँदा सभामुख बाहेक ९२ जना सांसदमध्ये पक्षमा ८२ मत र विपक्षमा ४ मत प्राप्त गरेको छ ।  ६ जना सांसद अनुपस्थित रहेका थिए ।

नामकरणका विषयमा मत विभाजन हुँदा पत्रकारहरुलाई प्रदेश सभा भवनबाट बाहिर निकालिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?