काठमाडौं । इन्फोडेभलपर्स प्रालि र नेपाल क्लियरिङ हाउस(एनसिएचएल)बीच सम्झौता भएको छ । इन्फोडेभलपर्ससँग आबद्ध सहकारी संस्थाहरूले आफ्नो बैंक तथा वित्तीय संस्थामार्फत् एनसिएचएलका विभिन्न भुक्तानी प्रणाली प्रयोग गरी भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सम्झौता भएको हो ।
सम्झौतापत्रमा इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशी र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै इन्फोडेभलपर्सको कोर सिस्टम प्रयोग गर्दै आएका विभिन्न सहकारी संस्थाले आफ्ना क, ख र ग वर्गका बैंक वित्तीय संस्थामा रहेको खातामा सजिलै रकम प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै खाताबाटै आफ्नो सेटलमेन्ट बैंकमार्फत् बैंक वित्तीय संस्थामा रहेको हितग्राहीको खातामा सजिलै फण्ड ट्रान्सफर तथा अन्य भुक्तानी गर्न सकिने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच