सिन्धुलीमा प्रहरी कार्यालय नजिक बम फेला, सुरक्षाकर्मीकाे टाेलीले गर्‍याे डिस्पोज

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 1 min

सिन्धुली । सिन्धुलीमा विहिबार प्रेसरकुकर बम फेला परेको छ ।

कमलामाई नगरपालिका–६ अवस्थित प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको भवन नजिकै फेला परेको हो ।

जमिनका रहेको झाडी पन्छाउने क्रममा शंकास्पद बिस्फोटक पदार्थ जस्तो देखिने बस्तु आफ्नो जग्गामा देखिएपछि शान्तिमान कार्कीले सुरक्षाकर्मीलाई खबर गर्नुभएको थियो ।

त्यसपछि प्रहरीसहित बर्दबहादुर गणको बम डिस्पोजल टोली उक्त स्थानमा पुगेकाे थियाे ।

प्रेसर कुकरभित्र उच्च कोटीको विस्फोटक पदार्थ रहेकाे र डिस्पोज गरिएको प्रहरी नायव उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

बम कस्ले र किन राखियो भन्नेबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?