आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपाल यूएईसँग ६८ रनले पराजित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । युएईमा जारी आइसिसी विश्वकप लिग टुअन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा युएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३१.५ ओभरमा सबै विकेट गुमाएर १३९ रनमा समेटियो ।

नेपालका लागि कुशल मल्लले ५३ बलमा ६० रनको अर्धशतकीय इनिङ खेल्नुभयो । उहाँले नौ चौका र एक छक्का प्रहार गर्नुभयो । सन्दीप लामिछाने २६ रनमा अविजित रहँदा आसिफ शेखले १७ रन बनाउनुभयो ।

त्यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सक्नुभएन । कुशल भुर्तेल पाँच, दीपेन्द्रसिंह ऐरी सात, गुल्सन झा र सोमपाल कामी चार-चार रनमा आउट हुनुभयो । ज्ञानेन्द्र मल्ल, रोहित पौडेल र आरिफ सेखले खाता नै खोल्न सक्नुभएन ।

युएईका रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान तीन-तीन तथा जुनेद सिद्धिकिले दुई विकेट लिनुभयो । जाहोर खान र सबिर अलिको नाममा समान एक-एक विकेट रहृयो ।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा आठ विकेट गुमाएर २०७ रन बनायो । युएईका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाउनुभयो । उहाँले पाँच चौका र तीन छक्का प्रहार गर्नुभयो ।

यस्तै, प्लेयर अफ द म्याच रोहन मुस्तफाले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । आर्यन लाक्राले २८, सिपी रिजवानले २२ तथा वृत्य अरबिन्द १८ रनमा आउट हुनुभयो ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिनुभयो । करण केसी, कुशल मल्ल र आरिफ शेखको नाममा समान एक-एक विकेट रहृयो ।

जितपछि युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौँ स्थानमा छ । पराजित नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?