चट्याङ लागेर भोजपुरमा बालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

भोजपुर । भोजपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

बिहीबार जिल्लाको षडानन्द नगरपालिका–१२ तिप्लेका १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार चट्याङ लागेर घाइते भएका सरोजलाई तुम्लिङटार अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको छ ।

यस्तै चट्याङ लागेर स्थानीय २५ वर्षीय प्रदीप भुजेल घाइते हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?