एमाले बिरूद्ध प्रहार भईरहेको छ: अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रहार भइरहेको बताउनुभएकाे छ ।

शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने, अल्मल्याउने र प्रहार गर्ने काम भइरहेको भन्दै बुद्धिजीवी समाजले  भ्रमजालबाट मुक्त बनाउनुपर्ने पनि बताउनुभयाे ।

ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भनेर केही बुद्धिजीबीहरुले भनेको उल्लेख गदै निवार्चन परिणामले गतल साबित गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयाे, ‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका छन् । उनीहरुलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो । जनतालाई तर्साउने, धम्याउने कामहरु भइरहेका छन्, सचेतना जगाउनुस्।’

ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जीन भएको बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?