माओवादीको एजेन्डामा देश चलेको छ : नरेश भण्डारी

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । संविधानको कार्यान्वयन गरी देशको निकास दिने नेकपा माओवादी केन्द्रको मुख्य जिम्मेवारी भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णालीका पूर्वमन्त्री नरेश भण्डारीले बताएका छन् । देश अहिले माओवादीका एजेन्डा वरिपरि घुमिराखेको नेता भण्डारीले दाबी गरे । पूर्वमन्त्री भण्डारीले पछिल्लो समय अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथी मुद्दा दर्ता गर्ने बिषय शान्ति प्रक्रिया विथोल्ने र द्धन्द्ध भड्काउने कामको संकेत भएको बताउनुभयो ।

माओवादीले पार्टी सुदृढ अभियान अन्तरगत जुम्लाको जनयूद्धकालिन हेडक्वाटर दुर्गम पोखरी गाउँमा आयोजना गरिएको पोखरी घोषणापत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शान्ति प्रक्रिया भड्काउने काम न्यायलयलेनै गर्न खोजेमा कार्यवाहक प्रधानन्यायधीस पनि महाअभियोगको भागेदार हुन सक्ने बताउनुभयो ।

गणतन्त्र र यूगान्तकारी परिर्वतनका पिता प्रचण्डका विरुद्धमा मुद्दा दायर गरिएको छ । नेता भण्डारीले भन्नुभयो, “जनयूद्धको हेटक्वाटरबाट न्यायपालिकालाई राजनितिक दलको ईकाईको रुपमा र न्यायधीस कुनै पार्टीको कार्यकर्ताका रुपमा प्रस्तुत भएर सिंगो जनताको आस्थामाथी प्रहार नगर्न भण्डारीको भनाइ छ । ”

विकास र समृद्धिका लागि ७ बुद्धे घोषणापत्र जारी 

नेकपा माओवादी केन्द्र जुम्लाले पार्टी सुदृढि अभियानका लागि भन्दै पोखरी घोषणापत्र जारी गरेको छ । जनयूद्धकालमा पार्टी मुकाम वनाएको पोखरी गाउँमा जिल्ला भर खटाईएका १२० बढि अभियानका नेताहरु, स्थानीयको सहभिागितामा ७ बुद्धे घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्रमा सहिदले प्रदर्शन गरेको बाटोमा अविचलित निरन्तर अगाडि बढने, जनतामा वाक्लो उपस्थिति गर्ने, संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्धका अफवाह र षढयन्त्रहरुको भण्डाफोर गर्ने, शहर र गाँउको भेद मेटाउन गाँउ केन्द्रित विकासमा जोड दिने, समृद्ध पोखरी गाँउ निर्माणलाई अर्जुन दृष्टी बनाउने, विकास तथा जनजीविकाका समस्याहरु समाधान गर्न अगाडि बढ्ने, समृद्ध र विकसित जुम्लाको लागि सुढृत र विस्तारित माओवादीको संकल्पलाई कार्यान्वयन गर्ने, रुपान्तरण तथा विस्तार गर्दै सुदृढ र एकताबद्ध पार्टी निर्माण गर्ने घोषणापत्र जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?