एफवान सफ्ट २० औँ वर्षमा

Read Time = 1 min

काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेसनल २०औँ वर्षमा प्रवेश गरेको छ । १९ वर्ष अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ ।

सुरुमा एसएमएस बैंकिङमार्फत् सेवा सुरु गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई आवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोन लोनलगायतका प्रविधि निर्माण गरिसकेको छ । कम्पनीमा हाल एक हजार दुई सयभन्दा बढी दक्ष जनशक्तिले रोजगारी पाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?