लण्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई लिभरपुलले सात-शून्य गोलअन्तरले पराजित गरेको छ । लिभरपुलले पहिलो हाफमा एक गोल गरे पनि दोस्रो हाफमा ६ गोल थप्यो ।
लिभरपुलका लागि मोहम्मद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले दुई-दुई तथा रोबर्टो फिर्मीनोले एक गोल गर्नुभयो । पहिलो हाफको ४३औँ मिनेटमा गाक्पोले सुरुवाती अग्रता दिलाउनुभयो । त्यसपछि दोस्रो हाफको सुरुवाती पाँच मिनेटमै न्युनेज र गाक्पोले लगातार गोल गर्नुभयो । ६६औँ मिनेटमा सलाहले अर्को गोल थप्नुभयो ।
७६औँ मिनेटमा न्युनेजले अर्को गोल थप्दा सात मिनेटपछि नै सलाहले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । खेलको दुई मिनेट समय बाँकी रहँदा रोबर्टो फिर्मिनोले बेन्चबाट आएर गोल गर्नुभएको थियो ।
यस जितले लिभरपुल २५ खेलमा ४२ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ । युनाइटेड २५ खेलमा ४९ अंकका साथ तेस्रो स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच