वृत्तचित्र ‘योगमाया’ निर्माण हुने

Read Time = 3 mins

काठमाडौं । महिला साधक ‘योगमाया’को जीवनमा आधारित वृत्तचित्र ‘योगमाया’ निर्माण गर्ने घोषणा गरिएको छ । भीमादेवी मल्टी क्रियशन तथा आरम्भ नेपालले संयुक्तरूपमा निर्माण गर्ने यो वृत्तचित्रका लागि कलाकारहरू सन्देश बसौला, नुभिषा उप्रेती, राजकुमार, बासुदेव खनाल, रुद्र गुर्माछान मगर, सरिता राजोपाध्याय, मिश्री थापालगायतका कलाकार रहने जनाइएको छ ।

मानव शास्त्रीय अनुसन्धानमा आधारित योगमायालाई प्रारम्भमा वृत्तचित्र र त्यसपछि चलचित्रको रूपमा निर्माण गरिने अनुसन्धानकर्ता तथा निर्देशक भीमा मैनालीले जानकारी गराउनुभयो । राणा शासनको बेला स्वतन्त्रताका लागि योगमायाले बृहत् संघर्ष गरेर जल समाधिसमेत लिएकाले यो वृत्तचित्र उहाँकै संघर्ष कथामा केन्द्रित रहने निर्देशक मैनालीले बताउनुभयो ।समारोहमा नुभिव फाउण्डेशनको पनि घोषणा गरिएको थियो । निर्देशक मैनालीका दिवंज्ञत छोरा कलाकार नुभिव उप्रेतीको जन्मजयन्तीको अवसर पारेर यो फाउण्डेशनको घोषणा गरिएको हो ।

आफ्नो किशोरावस्थाको छोरा नुभिव उप्रेतीको कलेजबाट अपहरणपश्चात् हत्या भएकाले यस्तो हत्या अरूको नहोस् भनेर अभियानका लागि नुभिव फाउण्डेशनको स्थापना गरिएको भीमाले बताउनुभयो । बाल कलाकारको रूपमा चर्चा कमाउनुभएकी नुभिवको काठमाडौंको एक कलेजबाट अपहरणपश्चात् पोखरामा हत्या भएको अवस्थामा शव भेटिएको थियो ।

योगमाया वृत्तचित्र घोषणा समारोहमा निर्देशक यादव खरेल दुई दशकदेखि अभिनयमा आफ्नो छुट्टै परिचय बनाउनुभएकी भीमाले योगमायामाथि यथार्थपरक चलचित्र बनाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । सो अवसरमा अचेल समूहले संयोजन गरेको उक्त कार्यक्रममा योगमायाको बारे गरिएको स्थलगत रिपोर्टिङमा आधारित छोटो वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?